प्रधानमन्त्री देउवाले संघीय संसदमा जारी अवरोध अन्त्यका लागि सर्वदलिय बैठक आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले आज विहान १० बजे संसदमा भएका सबै दलको बैठक बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि संसदको अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो ।

आजको बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली नजानुहुने बताइएको छ ।

एमालेको अवरोधकै बीच सरकारले प्रतिस्थापन बजेट पास गरेको थियो । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएको छ ।