नेपालमा भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव परेको छ ।

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको आधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली भई एक÷दई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली बागमति, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा रही थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।