हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको  जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

अहिफे मनसुनी न्यून चापीय रेखा  नेपालको तराई भूभागभन्दा केही तल रहेको महाशाखाकाे भनाइ छ ।

साेमवार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।