सङ्खुवासभाको एकै परिवारका ६ जनाको हत्या भएको छ ।

मादी नगरपालिका-१ को खोलागाउँमा अन्दाजी ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो ।

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा बिहान पौने १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

तेजबहादुरको ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।