झापा बिर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने कचनकवल गाउँपालिका-३ केचना घर भएका ५० वर्षीय भात्रु राजबंशीको हत्या गरेको अभियोगमा कचनकवल गाउँपालिका-३ बस्ने ३७ वर्षीय रतन राजबंशीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र आइतबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मृतकको छोरालाई सोधपुछ गर्ने क्रममा आफ्नो काका रतनले मार्तलले कुटपिट गरेर फरार भएको बताएपछि रतनलाई मेचीनगर नगरपालिका-१५ बाट हत्यामा प्रयोग भएको मार्तल सहित पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शीर्षकमा म्याद थप गरी थप आवश्यक अनुसन्धान कार्य अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।