रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिनुभयो ।

पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते हुनुभएको छ । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गर्नुभएको थियो । यसैगरी सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नं को सनलाइट बोडिङ स्कुलको बस फगाम खोलाले बगाएको छ ।

मर्मतका लागि राखिएको सो बस बाढीले बगाएको हो ।