आइतबार बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

एमालेको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको हाे ।

आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेले अवरोधलाई निरन्तरता दिएपछि सभामुख अग्नि सापकोटाले बैठक मंगलबारसम्मका लागि स्थगित गरेका हुन् । 

सापकोटाले सहमति, सहकार्य र छलफलबाट सहमति निकाल्न आग्रह समेत गरेका छन् । उनले सहमतिको विकल्प नभएको बताउँदै गम्भीर हुन समेत दलका नेताहरुलाई आग्रह गरेका छन् । 

एमालले माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ ।