सर्वोच्च अदालतमा माधव नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गर्नुभएको थियो ।