अमेरिकाको न्युयोर्कमा आएको बाढीका कारण तीन नेपालीको मृत्यु भएको छ। ज्यान गुमाउनेहरु एकै परिवारका सदस्य हुन्। न्यूयोर्क को क्वीन्स उडसाइड ६४ स्ट्रिटमा रहेको घरमा उनीहरु मृत फेला परेका एनआरएनए न्युयोर्क च्याप्टरले जनाएको छ।

ज्यान गुमाउनेमा २० वर्षीया मिङ्मा शेर्पा, ४९ वर्षीय आङगेलु लामा र १९ महिने बालक लोप्साङ लामा रहेका छन्। नेपालमा उनीहरुको घर सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ मा पर्दछ।

उनीहरु बस्दै आएको वुडसाइडस्थित बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो।

मिङ्माले आत्तिएर पानी पसिरहेको बताउँदा तेश्रो तल्लामा बस्ने महिलाले आफू बसेको तेश्रो तल्लामा आउन भनेकी थिइन्। उनीहरुको कोठामा झ्यालबाट पानी पसेको थियो। प्रहरी घटनास्थलमा पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए।