विभिन्न ११ राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख एकैसाथ पर्यटकीय नगर पोखरा पुगेका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख हिजो पोखरा पुगेका हुन् ।

राजदूतसहितको टोलीको सम्मानमा हिजो साँझ गण्डकी प्रदेश सरकारतर्फबाट रात्रिभोज आयोजना गरिएको छ । आज कूटनीतिज्ञले पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दुरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ ।

आज नै पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा उनीहरु सहभागी हुने कार्यक्रम छ ।