परराष्ट्रमन्त्री नारायण खड्काले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नू भएको छ ।


हिजो परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभाको ‘साइडलाइन वार्ता’ अन्तर्गत समकक्षी भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नु भएको हो ।

न्यूयोर्कमा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको विषेश सम्बन्धलाई थप अगाडी बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।