हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएका छ ।