विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको बुद्ध एयरको जहाज सकुशल अवतरण भएको छ ।


विराटनगरका लागि बिहान ८ बजेर ३० मिनेटमा उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाण्डौ फर्किएको थियो । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाण्डौतर्फ फर्किएको बताइएको छ ।

जहाज विराटनगरमा अवतरण हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट जारी गरिएको थियो । त्रिभुवन विमानस्थल कार्यालयले जहाज अहिले सकुशल अवतरण गरिएको जनाएको छ ।