विराटनगर- मोरङ प्रहरीले डिजेल बोकेको ट्यांकर नै चोर्ने प्रयास असफल बनाएको छ ।

विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नेपाल आयल निगम कार्यालय छेउमा पार्किङ गरि राखिएको करिब २० हजार लिटर डिजेल बोकेको ट्यांकर चोरेर लैजादै गर्दा विराटनगर महानगरपालिका वडा नं. ४ का श्रवणकुमार यादव र विक्की रायलाई पक्राउ गरेको हो । उनीहरुले चालक नभएको र सहचालक पिसाब फेर्न गएको अवस्थामा ट्यांकर नै चोरेर लैजादै गर्दा मोरङको बुढीगंगा गाँउपालिका वडा नं. ३ बाँसबारीबाट पक्राउ गरिएको थियो ।

बिहान करिब डेढ बजे चालक सुत्न गएको र सहचालक नभएको तथा ट्यांकरमा साँचो झुण्डिरहेकेा देखेपछि लिएर गएको प्रहरीलाई बताएका छन् । उनीहरुलाई चोरी कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका श्रवणकुमार यादव नेपाल आयल निगमका पूर्व चालक हुन् ।