राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।


एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ बहुमतले पारित गरेको छ । आज बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए ।

एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताउनु भएको थियो । दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । आज राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।