प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।


आज बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार आज चार बजे बस्ने मन्त्रिपरिषद बैठकले दल विभाजन अध्यादेश खारेजको निर्णय गर्ने भएको बताइएको छ ।

मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरिएको छ । सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा आज बिहान ब्रिफिङ गर्नु भएको छ ।