बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ ।

कयौं टिभी शो र फिल्महरुमा काम गरिसकेका सिद्धार्थले टिभी सिरियल ‘बालिका बधु’बाट रातारात चर्चा कमाएका थिए । त्यसोत अभिनेता सिद्धार्थले आफ्नो मृत्यु भन्दा ६ दिन पहिले मात्रै पनि मानव जीवनको बारेमा कुराकानी गरेका थिए ।

राम्रो काम गरेर प्रशंसकहरुलाई दिएका थिए सन्देश

अभिनेता सिद्धार्थ शुक्लले आफ्नो मृत्यु हुनुभन्दा ६ दिन अगाडि मात्र एउटा राम्रो काम गरेर आफ्नो प्रशंसकहरुलाई सन्देश दिएका भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । २ अगस्टका दिन एक व्यक्तिले सिद्धार्थ शुक्लालाई ट्याग गरेर सिद्धार्थले सडक कुकुरहरुको लागि अभियान चलाइरहेको बताएका थिए ।

साथै सिद्धार्थले सडक कुकुरहरुको खानाको लागि पूरा ब्यवस्था गर्ने गरेको बताउँदै सो व्यक्तिले सिद्धार्थलाई धन्यवाद दिएका थिए । त्यस्तै, अभिनेता सिद्धार्थले पनि सो ब्यक्तिलाई जवाफ दिदै लेखेका थिए, ‘यस्तो संसारमा मानव जीवन यति सस्तो भएको छ । यो देख्दा रमाइलो लाग्छ । भुसिया कुकुरहरुको लागि करुणा छ ।’

सिद्धार्थ ट्विटरमा थिए सक्रिय

अभिनेता सिद्धार्थ शुक्ला सोसल मिडिया ट्वीटरमा निकै सक्रिय थिए । सिद्धार्थले आफ्नो प्रशंसकहरुलाई जवाफ दिनका लागि सबै भन्दा बढी ट्वीटर प्रयोग गर्ने गर्थे । सिद्धार्थ शुक्लाले यसअघि पनि एक प्रशंसकलाई ट्वीटरमार्फत् संसारमा माया र सद्भाव फैलाउन अनुरोध गरेका थिए ।

साथै उनले ट्वीटरमार्फत् नै आफ्नो प्रशंसकहरुलाई राम्रो राम्रो बाटोमा हिड्न प्रेरण दिने गर्थे । सोही स्वभावका कारण सिद्धार्थले करोडौं प्रशंसकहरु टुलेका थिए । भारतीय सञ्चारमध्यमका अनुसार सिद्धार्थले जुनसुकै कार्यक्रमहरुमा आफ्नो प्रशंसकहरुलाई विशेष ध्यान दिने गर्थे ।