नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार १ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ४२२ सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।

गत चौबीस घन्टामा ११ हजार ६७२ पीसीआर तथा २ हजार ३३१ एन्टिजेन परीक्षण भएको छ।