फिजियोथेरापी उपचारको वैकल्पिक पद्धती हो । जसले शरीरको सामान्य चाल र कार्यलाई फिर्ता ल्याउन मद्दत गर्छ । यो मांसपेशीहरू बलियो र स्वस्थ शरीर प्राप्त गर्नका लागि एक प्रभावकारी उपचार मानिन्छ ।

हाम्रो शरीर पनि स्वचालित मेशीन जस्तै हो । जसरी मेशीन लामो समयसम्म निरन्तर रुपमा चलिराख्दा त्यसमा मोबिल आदि इत्यादि फेर्नु पर्ने भइरहन्छ ठीक त्यसैगरी हाम्रो शारीरमा पनि निरन्तर एकै किसिमका कार्यमा खटिरहँदा वा बिना काममा बसी राख्दा overuse injury को खतरा बढ्छ ।

उदाहरणको लागि ट्राफिक प्रहरी, शिक्षक लगायतका पेशामा रहेका मानिसहरू लामो समयसम्म उभिएर रहनु पर्ने हुनाले उहाँहरूमा पैताला पोल्ने, घोच्ने जस्ता समस्या देखा पर्ने हुन्छ । (plantar fasciitis, calceneal spur) त्यस्तै गरी बैंकिंग, डाईभिइ अथवा लामो समयसम्म table work गर्नेहरूमा बढी घाँटी या माथिलो ढाडको दुखाई हुने गर्छ । (cervical spondylitis, trapezius spasm/trapezitis) Overuse injury अहिले यो समयमा common भइसकेको छ ।

जसरी हामीले आंफूले चलाउँदै आएको अटककमोबिलको मोटरसाइकलको बेला बेलामा servicing गराउँछौ, त्यसरी नै आफ्नो शरीरको पनि conditioning गराउनु पर्दछ । Physiotherapist यानि कि भौतिक चिकित्सकलाई body mechanic पनि भनिन्छ ।

शारीरिक दुखाई, असहजता जस्ता समस्या आइपरेमा हामी तुरुन्त फिजियोथेरापिस्ट कहाँ जान सक्छौं । फिजियोथकरापिस्टले त्यस्तो समस्या भएका मानिसहरूको समस्या पहिचान गरि त्यसलाई उपयुक्त हुने प्रमाण आधारित उपचार पद्धतीको प्रयोग गरी निर्मुल बनाउन सक्छन् ।

अहिले विश्वभर यो पद्धतीले धेरै ख्याती प्राप्त गरेता पनि नेपालमा भने त्यति प्रख्यात मानिन्न । शिशु अवस्थादेखि बुढ्यौलीसम्म आवश्यक पर्ने यो चिकित्सा क्षेत्र अझै पनि ओझेलमै परिरहेको छ । हुन त अहिले थेरापीको नाम लिएर बजारमा अनेकौँ व्यवसाय हुँदै आएको देखिन्छ । हामी नेपाली छिटो अरुको बहकाउमा आउने हुनाले यस्ता व्यवसायीलाई फाइदा हुँदै आएको छ ।
हामी कुनै सामान खरिद गर्दा त १० पल्ट सोच्छौँ भने आफ्नो शरीरमा कस्ता उपकरण प्रयोग गरिएको छ भन्नेतर्फ पनि ध्यान दिन, सोच्न र बुझ्न जरुरी छ ।

कुन मेसिनले के काम गर्छ, कसरी गर्छ बुझेर मात्र प्रयोग गर्नु पर्छ । फिजियोथेरापीको नाममा भ्रम फैलाएर अन्य मेसिनको बिक्रि वितरण हुने भएको हुनाले पनि राम्रोसंग बुझेर इजाजतपत्र प्राप्त ठाउँमा मात्र उपचार गराउनु बुद्धिमानी हुन्छ ।

स्वास्थ्य सेवाको यो सक्रिय रूपले रिकभरी गर्नमा मात्र सहायता गर्दैन, तर भविष्यमा हुने चोटपटकहरू पनि रोक्छ, समग्र शारीरिक कल्याणलाई बढावा दिन्छ । व्यक्तिगत आवश्यकता अनुसार उपचारहरू मिलाएर फिजियोथेरापीले जीवनको गुणस्तर बृद्धि गर्न, स्वतन्त्रता प्रवर्द्धन गर्न र विविध दायराका बिरामीहरूका लागि कार्यात्मक क्षमताहरूलाई अनुकूलन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

समग्रमा भन्नु पर्दा फिजियोथेरापी एक बहुमुखी अनुशासन हो जसले विभिन्न स्वास्थ्य अवस्था र व्यक्तिहरूको जीवनको सम्पूर्ण चरणहरूमा गुणस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान दिन्छ ।

(डा. दिक्षा ओलिया फिजियोथेरापी/भौतिक चिकित्सक) ग्रिनसिटि अस्पताल, काठमाडौं मा कार्यरत हुनुुह्रुन्छ ।