बंगालको खाडीको उत्तर पश्चिम भु–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ ।

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आँशिक देखि सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।