प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ ।
प्रदेश २ ले २०७५ साल मंसिरबाट सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि साइकल खरिदमा करोडौं रुपैयाँको अनियमितता भएको सूचनाका आधारमा आयोगले छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।
आयोगले मुख्यमन्त्री कार्यालयका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।