नेपाली कांग्रेसका नेता गगन थापाले नेतृत्वले मन टुटेका र नागरिकको बिचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् ।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए । कांग्रेस अहिलेको यथास्थितीबादले जनताको विश्वास जित्न नसक्ने बताए ।

“ आज जसरी चलेको छ यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,” उनले भने ।

नेता थापाले कांग्रेसभित्र सुद्धिकरण आवश्यक भएको पनि बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भुमिका खेल्नुपर्नेमा थापाको जोड थियो ।

नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए ।