नेकपा एमालेको प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले जवाफ दिँदैहुनुहुन्छ ।

राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनु हुनेछ । शुक्रबारबाट शुरु भएको विधान महाधिवेशन आज सकिँदैछ ।

महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ । हिजो बिहानदेखि शुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको छ ।

त्यसको जवाफ आज तिनै जना नेताले दिने भएका हुन् । नेताहरुले जवाफ दिएपछि प्रतिवेदनलाई संसोधनसहित पारित गरेर महाधिवेशन आज सक्ने तयारी छ ।