नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।


आज बस्ने बैठकमा सरकार विस्तारबारे छलफल हुने बताइएको छ । स्थायी कमिटी बैठकमा सरकार विस्तारबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

सत्तारुढ दलहरूले मन्त्रालय भागबन्डामा समेत सहमति जुटाउन सकेका छैनन् । गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुन भएको थियो । तर अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट देउवाको आलोचना भइरहेको छ । सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री रहनु भएको छ ।

यसअघि हिजो बसेको स्थायी समितिको बैठकमा अखिल क्रान्तिकारीको नेतृत्वको विषयमा छलफल भएको थियो । अखिल क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।