मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारुढ दलको कार्यदल गृहकार्यमा जुटेको छ ।


सरकार बनेको तीन महिना हुँदासमेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेपछि कार्यदलमा छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको कार्यदलको बैठकमा मन्त्रालय भागबन्डाबारे छलफल भइरहेको बताइएको छ ।

कार्यदलमा सहमति जुटाएर शीर्ष नेताको बैठकले अनुमोदन गरेपछि मन्त्रिपरिषद विस्तार हुने छ ।