अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच  आइतबार बिहान भएको छलफलपछि सिंहलाई अध्यक्ष तोकिएको हो ।

अखिल क्रान्तिकारीका वर्तमान अध्यक्ष रञ्जित तामाङले अध्यक्ष सिंह बन्नुभएको र अन्य पदाधिकारीका बारेमा छलफल भइरहेको जानकारी दिनुभएको छ ।

माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत रहनुभएकी सिंह यसअघि तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष हुनुहुन्थ्यो ।