नेकपा एमालेको विधान मस्यौदा पारित भएको छ । 

ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनको अन्तिम दिन पार्टीको विधानको मस्यौदा सर्वसम्मत पारित भएको हो ।

आगामी १० औं महाधिवेशनका लागि विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । 

विधान महाधिवेशनमा निर्वाचन मण्डलका संयोजकसहित सदस्यहरुको नाम अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको थियो । 

निर्वाचन मण्डलको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा कुन्साङ लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरूमा टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहनुभएको छ । अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको नामहरू हलले अनुमोदन गरेको हो ।