नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ ।

सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै नेकपा काठमाडौंले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छ ।

प्रदर्शनमा सहभागीहरुले तीन बुँदे सहमति कार्यान्वयन गर, सम्पूर्ण राजवन्दी रिहाइ गर, झुठा मुद्धा खारेज गर लगाएका नारा लगाएका थिए ।

यस्तै सोमबार नै नेकपा महासचिव बिप्लवले बिज्ञप्ती जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।