नेपाली काँग्रेसका तीन नेताहरु विच अहिले भेटवार्ता भईरहेको छ ।

नेताहरु प्रकाशमान सिंह, शंशाक कोईराला र विमलेन्द्र निधी विच भेटवार्ता भएको हो ।

उहाँहरुको भेटवार्तामा पार्टीका १४ औं महाधिबेशन र पछिल्लो राजनीतिक घटनाक्रमकाे विषयमा छलफल भइरहेकाे स्रोतले बताएको छ ।

पार्टीको महाधिवेशन नजिएसँगै नेताहरु विचको आन्तरिक छलफलले पनि तिव्रता पाएको छ ।

सिंह, निधी र कोईराला तीनै जनाले आगामी महाधिबेशनमा पार्टीको सभापतिमा उम्मेद्वारी दिने बताउँदै आउनु भएको छ ।

साथै यसअघि उहाँ विच साझा उम्मेद्वार तय गर्ने विषयमा समेत सहमति जुटेको थियो । सहमति विपरीत नेता निधीले सभापतिमा उम्मेद्वारी दिने घोषाण गरिसक्नु भएको छ ।