सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको बताएको छ ।

मन्त्रिपरिषदमा प्रधानन्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सर्वाेच्चले विज्ञप्ति जारी जारी गरेकाे हाे ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित समाचार बनाएकाे बताउनुभएकाे छ ।