बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणबारे परेको रिटमाथि आज सर्वोच्च अदालतमा बहस भएको छ ।

प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भए पनि निर्णय भने आगामी कात्तिक १५ गते सुनाइने भएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई समेत मुछिएको मुद्दाको सम्पूर्ण बहसहरु सकिएको र आवश्यक छलफलपछि कात्तिक १५ मा अन्तिम निर्णय सुनाइने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो ।