कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको कारण दुई जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयका अनुसार झाडापखाला नगरपालिकाको वडा नम्बर ५, ७, ८ र ९ मा फैलिएको हो । झाडापखालाको कारण ४० वर्षीय रामप्रसाद केवट र वडा ५ वर्षीय बालक राज कश्यपको मृत्यु भएको छ ।

बालकको स्थानीय निजी क्लिनिकमा उपचारका क्रममा र केवटको घरमै मृत्यु भएको पाण्डेयले जानकारी दिनुभयो ।

प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली हिजै प्रभावित क्षेत्रमा पुगेको छ भने प्रदेशबाट उपचार टोली समेत त्यहाँ पुगेको उहाले बताउनु भयो ।