नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहकाे आकस्मिक बैठक बस्ने भएकाे छ ।

बुधबार अपरानह २ बजेका लागि पौडेल निवास बोहोराटारमा बैठक बाेलाएकाे हाे ।

पौडेल समूहका एक नेताकाअनुसार मन्त्रिपरिषद विस्तारका क्रममा पाैडेल समूहबाट मन्त्री हुनेकाे नाम तयार गर्नका लागि बैठक बाेलाइएकाे हाे ।

सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाम प्रस्ताव गरिएकाे र यही नामबाट दुईजनालाई मन्त्रीका लागि सिफारिस गरिने बताइएकाे छ ।