प्रदेश नम्बर–२ मा बुधबार देखि शुरू भएकाे  पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार जालझेलको सिकार भइरहेको बताउनुभएकाे छ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम’का सम्बन्धमा उठेका सवालहरूको जवाफ दिँदै उहाँले प्रदेश सरकार जालझेल र षड्यन्त्रको शिकार भइरहेको बताउनुभएकाे हाे।

कार्यक्रमअन्तर्गत साइकल वितरण नीति, नियम र बजेट कार्यक्रमानुसार सञ्चालन भएको उहाँकाे दाबी छ।

समबाेधनका क्रममा मुख्यमन्त्री राउतले अधिकांश समय उक्त कार्यक्रमबारे प्रष्टीकरण दिनकै लागि खर्चिनुभएकाे थियाे ।