पछिल्लो २४ घण्टामा एक हजार ४३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

१५ हजार ४६५ वटा नमुनाको परीक्षण गर्दा १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।