प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरू भएकाे छ ।

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक बसेको छ ।

बैठकमा बिहीबार हुने मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बुझिएको छ ।

 बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत दुई  नेताले प्रधानमन्त्री समेत रहेका देउवालाई बुझाएका छन् ।