जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ।

बिहान ८ बजेदेखि सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादब,संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईसहित तीन शीर्ष नेताको बैठक बसिरहेको बताइएकाे छ ।

जसपाले मन्त्री छान्न शीर्ष तीन नेतालाई जिम्मेवारी दिएको थियो ।