सत्तागठबन्धनको बैठक केहिबेरमै प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
मन्त्रीमण्डल विस्तार हुनुअघि बैठक बस्न लागेको हो ।
यसअघि कांग्रेसले ८, माओवादीले ५, नेकपा एकीकृत समाजवादी र जसपाले ४/४ मन्त्रालय लिने सहमति भएको थियो। कांग्रेसले गृह, परराष्ट्र र कानुन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिइसकेको छ।
माओवादी केन्द्रबाहेक अन्य दलहरुले मन्त्रीको नाम टुंगो लगाउन भने सकेका छैनन् । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने हुनुभएको छ । यस्तै राज्यमन्त्रीका लागि मोधमाया यादवको नाम टुंगो लागेको छ । माओवादीबाट यसअघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा सरकारमा सहभागी हुनुहुन्छ ।
यस्तै नेपाली कांग्रेसमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।