नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस पटक नगर्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहीवार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको जनाउनुभएको छ ।

विज्ञप्तिमा खोप अभियान सफल बनाउन जुट्नु र नागरिककाे जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य भएको उल्लेख छ ।