पछिल्लो २४ घण्टामा ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा कोरोना संक्रमणमुक्त भइ ९ सय ११ जना डिस्चार्ज भएका छन ।
८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा ५७ हजार १ सय ५८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ९ सय ४२ जना सक्रिय संक्रमित छन् ।