सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेसँगै आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरी शपथ गराउने तयारी गर्नुभएको छ। 

बालुवाटारमा विहीबार बसेको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो ।

नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, नेकपा माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीलाई ४–४ मन्त्रालय लिने सहमति गरेका छन् । 

बिहीबारको सहमति बमोजिम दलहरुले आन्तरिक तयारी गरेको अवस्थामा आज ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र अपरान्ह ४ बजे शपथ ग्रहण हुने भएको छ ।

गठबन्धनमा मन्त्रालय भागबण्डामा असन्तुष्टि राख्दै आएको नेकपा एकिकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय लिने गरी सहमति जुटेको छ ।