नेपालले ७ महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आज आउदैछ ।


गत फागुनमा भारतसँग खरिद गरिएको १० लाख मात्रा खोप आज नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो ।

आज दिउँसो २ बजे १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताउनुभयो । उक्त खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने मन्त्रालयले जनाएको छ ।