नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी हिजोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन थालेको हो ।

अहिले प्रदेश १ र बांकी पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रहि प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु–भागका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।