स्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि पुनः सञ्चालनमा आएका छन् ।

स्वास्थ्य केन्द्रले चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइर सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।

सङ्क्रमित सबै स्वास्थ्यकर्मी सङ्क्रमणमुक्त भएर काममा फर्किएपछि सेवा पुनः सञ्चालनमा आएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताउनुभयो ।

जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द हुँदा स्थानीयवासीलाई असहज भएको थियो । सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ ।

कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । बैतडीमा अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसिरहेकाले समुदायमै कोरोना फैलिसकेको छ ।

तर स्थानीय तहले कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोना सङ्क्रमणकै कारण १९ जनाको मृत्यु भइसकेको छ । –––