२३ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । 

निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो ।
 उहाँहरुबीचमा पछिल्लो समसामयिक राजीतिका साथै मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसि) बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।