२८ माघ, मार्तडी। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले विकास निर्माणका कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ बाजुराद्वारा यहाँ  आयोजित पत्रकार सम्मेलनमा उहाँले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन ।
  बाजुराको पर्यटकीय र कृषि क्षेत्रमा सम्भावना थुप्रै रहेकाले प्रवद्र्धन गर्नका लागि प्रदेश सरकार तयार रहेको मन्त्री सोडारीको भनाइ छ ।

प्रदेश सरकारका गौरवका आयोजना मार्तडी–कोल्टी, मार्तडी–घटमुना, बल्दे आटिचौर लगायतका सडक तत्काल निर्माण गरी सञ्चालन गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, “केन्द्रको सरकारको गठबन्धनले प्रदेश सरकारमा कुनै असर गर्दैन । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा समाजवादी ठूलो दल भएकाले कांग्रेससँग कुनै सम्बन्ध छैन ।
” नेकपा समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री सोडारीले अन्य दलसँग सहकार्य गरेर पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने जानकारी दिनुभयो ।