८ फागुन, कर्णाली । राष्ट्रिय खेलकुद परिषद्द्वारा मान्यताप्राप्त नेपाल डोरीतान सङ्घ कर्णाली प्रदेशले सुर्खेत जिल्ला कार्यसमिति गठन गरेको छ । सङ्घको वीरेन्द्रनगरमा शनिबार सम्पन्न भेलाले हरिलाल खड्काका अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष भीमकुमारी भुसाल, सचिव विवेक खनाल, सहसचिव यामबहादुर घर्ती र चन्द्रबहादुर रावल र कोषाध्यक्ष लक्ष्मी भुसाल रहनुभएको छ । सदस्यहरूमा खगेन्द्र जिसी, जनक बुढा, वीरेन्द्र वली, कमल सिञ्जाली, दीपक शाही, सुशीला रोका क्षेत्री, प्रकाश खनाल, कृष्ण कँडेल र नवीन अधिकारी हुनुहुन्छ । डोरितान सङ्घ कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले समितिमा सुर्खेतका सबै स्थानीय तहबाट खेलाडीको प्रतिनिधित्व गराइएको जानकारी दिनुभयो । उहाँले सङ्घलाई आवश्यक प्राविधिक, भौतिक र आर्थिक सहयोग जुटाई खेललाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले डोरीतान खेललाई सम्पूर्ण खेलप्रेमीमाझ पु¥याउनुपर्ने बताउनुभयो । करिब दुई हजार वर्ष पुरानो विश्व इतिहास बोकेको डोरीतानलाई अन्य खेलजस्तै विकास गर्न सबै खेलपे्रमीले पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।