९ फागुन, काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गर्नुभएको छ ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्थासमेत सरकारले गर्नुपर्नेमा जोड दिनुभएको छ । 

सो विज्ञप्तिमा उहाँले आफ्नोे पार्टीले सुरुदेखि नै एमसिसी सम्झौताको विरोध गर्दै आएको पनि स्पष्ट गर्नुभएको छ ।