१३ फागुन । रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरुप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताउनु भएको छ ।

“मैले बढ्दो चिन्ताका साथ युक्रेन र वरपरका घटनाक्रमहरू नजिकबाट नियालेको छु,“ खानले एक विज्ञप्तिमार्फत बताउनु भएको छ । “यो अत्यावश्यक छ कि द्वन्द्वका सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्दछ।“

आईसीसीले “आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न र १४ फेब्रुअरी २०१४ पछि युक्रेनको क्षेत्रमा भएको नरसंहार, मानवताविरुद्धको अपराध वा युद्ध अपराधको कुनै पनि कार्यको अनुसन्धान गर्न सक्छ“। उहाँले दुबै पक्षलाई चेतावनी दिनु भएको छ ।