१६ फागुन, मङ्गलबारे । इलामको माइजोगमाई ६ प्याङका राजेन्द्र घिमिरेले जनता प्राविमा अध्ययनरत विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गर्नुभएको छ । आफ्ना आमा ७१ वर्षीया ललिमाया घिमिरे विश्वकर्माको निधन भएको सातौँ दिनको पुण्यतिथिका अवसरमा उहाँले विपन्न विद्यार्थीलाई ब्याग, कपी, कलमलगायतका आवश्यक सामग्री वितरण गर्नुभएको हो ।

सो अवसरमा उहाँले आगामी दिनमा आमाको स्मृति अक्षयकोष खडा गरेर विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायत अन्य सहयोग गर्ने जानकारी दिनुभयो ।